निर्वाचन सम्पन्न भएसँगै अब आर्थिक मुद्दाले प्राथमिकता पाउने विश्वास आम नेपालीको छ ।
राजनीतिक स्थायित्वतर्फ मुलुक अग्रसर हुँदै आर्थिक क्रियाकलापले उच्च प्राथमिकता पाउने विश्वास गरिएको छ ।
राजनीतिक संक्रमणको अन्त्यसँगै आर्थिक मुद्दामा केन्द्रित हुने अवसर नयाँ सरकारलाई हुनेछ ।
आर्थिक समृद्धिका लागि धेरै परियोजनाभन्दा उच्च प्राथमिकताका केही परियोजनामा नयाँ सरकारले ध्यान दिनुपर्ने बताउँछन्, अर्थविद् डा. शंकर शर्मा ।
शुक्रबार हामीसँग कुरा गर्दै उनले विदेशी लगानीसहित स्वदेशी लगानीकर्तालाई साथमै लिएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।
पाँच वर्षसम्म एउटै व्यक्तिले सरकार चलाउन पाए ६ देखि ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नसकिने उनको विश्वास छ ।









प्रतिक्रिया दिनुहोस्