Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


विराटनगर रानी-धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तारमा ढिलाई


0
Shares

परियोजनाको काम सुस्त गतिमा हुँदा समयमै काम सम्पन्न नहुने भएको हो ।

आर्थिक वर्ष २०७५/७६ सम्ममा लोकमार्गलाई ६ लेनको बनाई सक्नुपर्ने भए पनि ठेक्केदार कम्पनीले विभिन्न कारण देखाउँदै काममा ढिलाई गर्दा कामले गति लिन नसकेको हो ।

परियोजना अनुसार अहिलेसम्म ३२ प्रतिशत मात्र काम मात्र सकिएको छ ।

सरकारले बिराटनगरदेखि सुनसरीको धरानसम्मको कुल ४९ किलोमिटर सडक ६ लेनको बनाउन कूल १० अर्ब ५८ करोड रुपैयाँमा ठेक्का लगाएको थियो ।