१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


खोटाङमा स्वास्थ्य बिमा कार्यक्रम लागु हुने


0
Shares

पुस महिनाभर बिमा दर्ता गर्ने व्यक्ति छनोट गरी तालिम दिने र स्वास्थ्य बिमाका लागि नाम संकलन गरेपछि फागुन १ गतेबाट जिल्लाका नागरिकले स्वास्थ्य बिमा पाउने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा. रामबहादुर केसीले जानकारी दिए ।

यसअघि देशका २२ वटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको छ । परिवारका पाँच जना सदस्यको एक वर्षसम्मको बिमा गर्न २५ सय रुपैयाँ लाग्छ भने एक वर्षका लागि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा गराइनेछ ।