Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, दुई जिल्लाको अन्तिम नतिजा बाँकी


0
Shares

अब २ जिल्लामा मतगणना कार्य जारी रहेको छ । मतगणना जारी रहेका जिल्लामा सुनसरीको क्षेत्र नं. ३ तथा सर्लाहीको क्षेत्र नं. २, ३ र ४ मा मतगणना जारी रहेको छ ।

निर्बाचन आयोगको पछिल्लो विवरण अनुसार, हालसम्म ९३ लाख ७२ हजार ५४४ मतगणना सम्पन्न भएको छ ।

प्राप्त मत परिणाम अनुसार, नेकपा एमालेले ३१ लाख ४४ हजार ४३४ मत, नेपाली काँग्रेसले ३० लाख ८५ हजार २६०, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ८० हजार ५५४ मत प्राप्त गरेका छन् ।

संघीय समाजवादी फोरम, नेपालले ४ लाख ६१ हजार ३९०, राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ५९ हजार ४३७, विवेकशील साझा पार्टीले २ लाख ११ हजार ९६४ मत प्राप्त गरेका छन्

त्यस्तैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९४ हजार ३४९ राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८७ हजार ८४६ नयाँ शक्ति पार्टी, नेपालले ८० हजार ९६९, राष्ट्रिय जनमोर्चा ६२ हजार ६३ र अन्य दलले ३ लाख ५० हजार १३० मत प्राप्त गरेका छन् ।