Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


अर्थतन्त्रमा देखिएको ‘अल्पकालीन’ समस्या छिट्टै समाधान हुन्छ : अर्थमन्त्री


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, पुस ५ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रमा देखिएको समस्या अल्पकालीन भएको र छिट्टै समाधान हुने बताएका छन् ।

कास्कीको लेखनाथमा बिहीबारदेखि आयोजना गरिएको १५औं  लेखनाथ महोत्सवको उद्घाटन गर्दै उनले बैंकले बढाएका ब्याजदर पनि छिट्टै नियन्त्रणमा आउने बताए ।

राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाएर गरिने विकास निर्माणका काम फलदायी र प्रभावकारी हुने भएकाले सरकार विकास निर्माणसँग आर्थिक रुपान्तरणका लागि अगाडि बढिरहेको उनको भनाइ छ ।

यही पुस १६ गतेसम्म सन्चालन हुने महोत्सव करिब तीन लाख दर्शकले अवलोकन गर्ने र करिब २० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ ।