
दुई दिनदेखि बढेको चिसो र शीतलहरले दैनिक क्रियाकलापमा कमी आउनुका साथै यातायात सन्चालन पनि प्रभावित भएको छ । पशु–चौपाय पनि चिसोको मारमा छन् ।
शीतलहरकै कारण हुनसक्ने दुर्घटनाको सम्भावना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चालकहरुलाई सचेत गराएको छ ।
जाडो बढेसँगै तौलिहवा अस्पतालमा स्वाश्सप्रश्वास, रुघाखोकी, निमोनिया, ज्वोरोलगायतका बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
चिसोबाट जोगिन स्थानीयले आगो बालेर ताप्न थालेका छन् भने न्यानो कपडा किनमेलका लागि बाजारमा भीडभाड देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्