२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भाडादर समायोजन नगरेसम्म मिटर प्रयोग गर्दैनौं : ट्याक्सीचालक


0
Shares

काठमाडौं, पुस ५ । ट्याक्सीचालकहरुले भाडादर समायोजन नगरेसम्म मिटर प्रयोग नगर्ने बताएका छन् ।

सरकारले ट्याक्सीचालकहरुलाई वास्ता नगरी आफूखुसी निर्णय गरेको र त्यसले ट्याक्सीचालकलाई असहज बनाएको उनीहरुको भनाइ छ ।

बिहीबार काठमाडौंमा ट्याक्सी व्यवसायीहरुले पत्रकार सम्मेलन गरी २०६९ सालदेखि एउटै भाडादरमा ट्याक्सी चलाउनुपरेको र भाडा पनि समायोजन नगरेकोले आफूहरु मर्कामा परेको बताए ।

उपत्यका स्वरोजगार ट्याक्सी व्यवस्थापन समितिका अध्यक्ष राम थापाले सरकारले अहिलेसम्म आफूहरुको मागलाई वास्ता नगरेको र ट्याक्सीचालकको सुरक्षाका लागि पनि कुनै काम नगरेको आरोप लगाए ।

सरकारले ट्याक्सीको भाडादर समायोजन गरेपछिमात्र मिटरमा जानसक्ने उनीहरुले बताएका छन् । वैज्ञानिक भाडादर कायम गर्न उनीहरुले आग्रह गरेका छन् ।