
देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो वर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ ।
साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेप्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।
यसअगाडी साउदीमा महिलाहरुलाई कुनै पनि सवारी साधान चलाउन नपाइने व्यवस्था रहेको थियो ।
मुस्लिम देस साउदीमा महिलाहरुले कालो बुर्का लगाउने र अनुहार तथा शरिर छोप्नुपर्ने सांस्कृतिक प्रचलनका कारण सवारी चालक बन्न पनि नदिने गरिएको हो ।
महिलाहरुले पनि पुरुषले सरह सवारी चालक बन्न पाउनु पर्ने माग गर्दै साउदी अरबमा अधिकारबादीहरुले लामो समयदेखि दवाब दिदै आएका थिए । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्