Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


राष्ट्र बैंकद्वारा ब्याजदर घटाउन निर्देशन


0
Shares

काठमाडौं, पुस ५ । नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन बैंकहरुलाई मौखिक निर्देशन दिएको छ ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई भेला गराएर ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै सुघ्रिन भनेको हो ।

पुँजीबजारमा देखिएको समस्या र समाधानको उपायसहितको प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएपछि सोही प्रतिवेदनका आधारमा राष्ट्र बैंक अघि बढ्ने जानकारी पनि बैंकरलाई गराइएको छ ।

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले डेपुटी गभर्नर शिवराज श्रेष्ठको समितिले बनाएको प्रतिवेदनअनुसार अघि बढ्न बैंकरलाई भनेको जानकारी गराए ।

राष्ट्र बैंकले सोही प्रतिवेदनलाई आधार मानेर अर्को सातादेखि निर्देशिका जारी गर्ने तयारी गरिरहेको छ ।

छलफलकाक्रममा व्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९.२५ प्रतिशत, संस्थागत मुद्दति खातामा साढे ८ प्रतिशत, बचतमा साढे ६ प्रतिशत र कल डिपोजिटको ब्याजदर साढे ४ प्रतिशत बनाउन राष्ट्र बैंकले सुझाव दिएको छ ।