२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


उत्तर कोरियाका एजेन्ट अस्ट्रेलियामा पक्राउ


0
Shares

५९ बर्षिय चान हान चोई नामका ब्यक्ति अबैध हातहतियार निर्यात र सामूहिक बिनासको हतियार आपूर्तिमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।

३० वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका चोईमाथि उत्तर कोरियाका उच्च अधिकारीहरुसँग सम्पर्कमा रही गैरकानुनी काम गरेको आरोप लगाइएको छ ।

पक्राउ परेका चोईमाथि उत्तर कोरियाको दलाली गरेको आरोपसमेत लगाइएको छ ।

चोईले इन्डोनेसिया र भियतनामलाई अनधिकृत रुपमा कोइला बिक्री गरेको र बिदेशी संस्थामा ब्यालेस्टिक मिसाइल प्रबिधिका बारेमा उत्तर कोरियालाई निरन्तर रुपमा सघाइरहेको आरोप पनि लागेको छ ।

चोईमाथि थप अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)