सुन्तला खेती हुने क्षेत्रफल र सुन्तला खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको दाबी कृषि कार्यालयले गरे पनि कृषकहरु भने सुन्तला बगान क्रमशः मासिन थालेको बताउँछन् ।
मंसिर महिना सकिदा समेत ताप्लेजुङका बगानहरुमा सबै सुन्तला पाकेको छैनन् । पाके जस्ता देखिने सुन्तलामा पनि किरा लागेको छ ।
केहि वर्षसम्म गाउँ घरमा नै विभिन्न जिल्लाबाट सुन्तला खरिद गर्न व्यापारी आउन थालेपछि हौसिएर सुन्तला खेती गर्न थालेका यहाँका कृषकले लगाएको सुन्तलाले केहि वर्ष राम्रो उत्पादन दिए पनि आहिले आएर क्रमसः उत्पादनमा गिरावट आएको कृषकहरुको गुनासो रहेको छ ।
मंसिरमा मज्जाले पाक्ने सुन्तला मंसिर सकिंदा समेत नपाके पनि बजारमा सुन्तलाको खाँचो भने छैन । मुख्य नगदे बाली मध्ये एक मानिएको सुन्तला कृषकले काँचै भए पनि विक्रि गरीरहेका छन् ।
धान, मकै र कोदो मासेर सुन्तला खेती गरेका कृषकलाई बल्ल फलेको सुन्तला नबेची गुजारो टर्दैन ।
फलेको सुन्तला पनि रोग किराबाट जोगाउनै मुस्किल परेका कृषकलाई बोट नै सुन्ने र फल कम दिने हुँदा चिन्ता अझै थपिएको छ ।
कृषकका यस्ता समस्याले सुन्तला उत्पादनमा चुनौति थपिरहँदा जिल्ला कृषि विकास कार्यालयले भने वर्षेनि सुन्तलाको उत्पादनमा बृद्धि भएको तथ्याङ्क प्रस्तुत गर्दै आएको छ ।
कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार सुन्तलाको उत्पादन बढे पनि कृषकले लगाएको बोटमा नबढेको स्पस्ट देखिन्छ ।
भाउँ पाउने र रोग किरा लागे प्राविधिक सहयोग पाईने आसामा सुन्तला खेती गरेका कृषकले नत राम्रो बजारनै पाएका छन् न रोग किरा लाग्दा प्राविधिकबाट सहयोग नै ।
सुन्तला खेती तर्फ आकर्षण बढि रहेको यो समयमा जिल्ला कृषि विकास कार्यालय सहित विकासको योजना बनाउने र कार्यन्योयन गर्ने स्थानीय तहले पनि यस तर्फ ध्यान दिदै बजारको व्यवस्था र रोग किराको निवारण गर्न सके कृषकलाई राहत मिल्ने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्