२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


बेपत्ता पनडुब्बी फेला नपरेपछि अर्जेन्टिनाका नौसेना प्रमुख बर्खास्त


0
Shares

रक्षामन्त्री ओस्कर अगुआदले नौसेना प्रमुख एड्मिरल मार्सेलो स्रुरलाई बर्खास्त गरेका हुन् । ‘ए.आर.ए सान हुँवा’ नाम गरेको पनडुब्बी विद्युतीय समस्याका कारण पटागोनियाको तट नजिकैबाट गायव भएको थियो ।

जहाजमा ४४ नौसेना रहेको बताइएको छ । बेपत्ता भएको पनडुब्बी खोज्न अन्तर्राष्ट्रिय अभियान सञ्चालन गरिएको भए पनि फेला परेको थिएन ।

जहाजमा रहेका कुनै पनि सदस्य जिवित हुन सक्ने सम्भावना नरहेको भन्दै दुई हप्ता अघि नै खोजी अभियान बन्द गरिएको थियो । तर पनडुब्बीमा बेपत्ता भएकाहरुका परिवारले खोजी अभियान जारी राख्न आग्रह गर्दै आएका छन् ।

पानी जहाजको खोजी अभियान प्रभावकारी नभएको भन्दै आलोचना भएपछि अर्जेन्टिनाका राष्ट्रपति मउरिसीयो माक्रीले तीन सदस्य स्वतन्त्र जाँच आयोग गठन गरेका छन् ।