२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


अमेरिकी गुप्तचरको सहयोगमा रुस ठूलो आक्रमणबाट जोगियो, ट्रम्पलाई ‘धन्यवाद’


0
Shares

गिर्जाघरमा शनिबार गराउन लागिएको आतंककारी विस्फोटका बारेमा सीआईएले रुसी सुरक्षा अधिकारीलाई जानकारी गराएपछि विफल भएको हो ।

रुसी सुरक्षा निकाय एफएसबीले इस्लामिक स्टेट समर्थक समूहका सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुबाट विस्फोटक पदार्थ, हतियार र चरमपन्थी दस्तावेज बरामद गरिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

यो समूहले गिर्जाघरमा आत्मघाती हमला गरेर ठूलो संख्यामा नागरिकको हत्या गर्ने योजना बनाएको खुलासा भएको छ ।

यसैबीच रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरी सीआईएले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् ।

उनले अमेरिकाविरुद्ध हुने कुनै जानकारी पाएमा समेत आफूहरुले जानकारी दिने प्रतिबद्धता व्यक्त गरेका छन् । (एजेन्सी)