 
	    संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकायका प्रमुख जेड राड अल हुसेनले म्यानमार नेतृ सुचीले नै अल्पसंख्यक रोहिंग्यामाथि दमन गर्न स्वीकृति दिएको आफूलाई लागेको बताएका छन् ।
सैन्य कारबाहीमा हजारौं रोहिंग्या मुसलमान मारिएको तथा लाखौं विस्थापित गरिएकाले उक्त निर्णय उच्चस्तरमा लिइएको हुनसक्ने हुसेनको भनाइ छ ।
हिंसा फैलनु अगाबै सुचीलाई सैन्य कारबाही अन्त्य गर्न आफूले भनेको दावी उनको छ । म्यान्मारका नेताहरुले आम नरसंहारको अभियोग खेप्नसक्ने चेतावनी पनि हुसेनले दिएका छन् ।
रोहिंग्यामाथि स्तब्ध बनाउने गरी निर्मम आक्रमण गरिएको भन्दै उनले त्यसबारे अन्तर्राष्ट्रियस्तरमा फौजदारी अनुसन्धान गर्न पनि आह्वान गरेका छन् । सुचीले भने यसबारे कुने प्रतिक्रिया दिएकी छैन् ।
डिसेम्बर महिनाको सुरुसम्ममा म्यान्मारको जनसंख्याको झन्डै एक तिहाइ अर्थात ६ लाख ५० हजार रोहिंग्या मुस्लिम समुदाय बंगलादेश पलायन भएका छन् । एजेन्सी


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्