२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


गुजरातमा फेरि भाजपाकै सरकार !


0
Shares

डिसेम्बर ९ र १४ मा गरी दुई चरणमा सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजामा भाजपाले कांग्रेस आईलाई पछि छोडेको छ ।

गुजरातको परिणाम प्रधानमन्त्री एवं भाजपा नेता नरेन्द्र मोदी र भर्खरैमात्र कांग्रेसको विरासत थामेका अध्यक्ष राहुल गान्धी दुबैका लागि निकै महत्वपूर्ण मानिएको थियो ।

२२ वर्षदेखि लगातार सत्तामा रहेको भाजपालाई सडकमा ल्याउन राहुलले यसपटक निकै जोड लगाएपनि परिणाम मोदीकै खातामा पर्ने देखिएको छ ।

प्रारम्भिक परिणाम तथा रुझानले भाजपालाई सरकार गठन गर्न आवश्यक बहुमत मिल्ने देखिएको छ । १८२ सिट रहेको गुजराती संसदमा भाजपाले एक सयभन्दा बढी तथा कांग्रेसले ७५ भन्दा बढी सिट ल्याउन सक्ने अनुमान गरिएको छ ।

यता, हिमान्चलमा गरिएको निर्वाचनको पनि मतगणना जारी छ । त्यहाँ पनि भाजपा कै बहुमत पुग्ने देखिएको छ । ६८ सिट रहेको विधानसभामा भाजपाले ४३ र कांग्रेसले २१ सिट ल्याउने देखिएको छ । एजेन्सी