Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेकपा नेताहरुको आक्रोशः सरकार र पार्टी दुवै अलोकप्रिय बन्दै गयो


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा जनचाहना अनुसार काम गर्न नसकेको भन्दै सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको बैठकमा बोल्ने अधिकाशं स्थायी समिति सदस्यहरुले सरकार र पार्टी सही ढंगले संचालन हुन नसकेको धारणा राखेका थिए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा तयार पारेको राजनीतिक प्रतिवेदनमाथिको छलफलको क्रममा उनीहरुले नेतृत्वले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नसकेको तथा एकीकरणको कामलाई पूर्णता दिन ढिलाई गरेको भन्दै आलोचना गरेका छन् ।

बैठकमा नेता अमृतकुमार बोहोराले सरकारले गति लिन नसकेको भन्दै सरकार र पार्टी दुवै अलोकप्रिय बन्दै गएकाले नेतृत्वलाई सच्चिन आग्रह गरे ।

आजको बैठकमा पम्फा भुसाल, लिलामणी पोखरेल, किरण गुरुङ, पेशल खतिवडा, चक्रपाणी खनाल, माृतका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनमा आ–आफ्नो धारणा राखेका थिए ।  शनिवारदेखी जारी बैठक भोलि पनि बस्नेछ ।