
विश्व आप्रवासन दिवसका अवसरमा सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गरेको यससम्बन्धी कार्यक्रममा सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्नेमा जोड दिइएको हो ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले २५ लाख बराबर नेपाली संलग्न वैदेशिक रोजगार क्षेत्र महत्वपूर्ण भएकाले आयोग उनीहरुको मानवअधिकारका लागि गम्भीर भएर लागेको उल्लेख गरे ।
आयोगले विगत अढाइ वर्षदेखि डेस्क स्थापना गरी १९ जना कर्मचारीलाई यस क्षेत्रको तालिम दिएर काम भइरहेको उनले जानकारी गराए ।
आगामी तीन महिनाभित्र महाशाखा बनाएर थप प्रभावकारीरुपमा काम गर्ने उनको भनाइ छ । उजुरीको टुंगो लगाउने विषयमा सबै मिलेर काम गर्नुपर्नेमा उनको जोड छ ।
मन्त्रालयलको सशक्तिकरण आवश्यक रहेको भन्दै उनले कानुन पालनामा राज्यलाई गम्भीर हुन पनि उनले आग्रह गरे ।
आयोगले सोमबारैबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमन सुरु गरेको र विदेश हिँडेका अधिकांश कामदारलाई कम्पनीको नाम र एअरलाइन्सको नामसमेत थाहा नभएको पाइएको भन्दै उनले श्रमिकलाई ज्ञान दिएर पठाउने व्यवस्था गर्न पनि ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस्