ट्र्याक खोलिएपनि सन्चालनमा आउन नसकेको सडकलाई पुनः मर्मत गरेर नियमित सन्चालनमा ल्याइएको हो । सडकसँगै यातायातका साधन गाउँमा पुगेपछि स्थानीय हर्षित बनेका छन् ।
खोटाङको रुपाकोट–मझुवागढी नगरपालिका–१, ७ र ८ जोड्ने सडकलाई साकेला गाउँपालिका र सदरमुकाम दिक्तेल जोड्ने सबैभन्दा ‘द्रुतमार्ग’ मानिएको छ ।
सडक मर्मत गरेपछि दोर्पा–चिउरीडाँडाको दुम्लीमा आयोजित कार्यक्रममा रुपाकोट–मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले सो बाटोको उद्घाटन गरे ।
करिब २२ किलोमिटर लम्बाइ रहेको सडक उद्घाटनका लागि दिक्तेलबाट जिप लिएर दुम्ली–दोबेला पुग्दा हर्षित स्थानीयले अतिथिलाई फूलमालाले स्वागत गरेका थिए ।
३० लाख रुपैयाँको लगानीमा दिक्तेल–दुम्ली–रतन्छा सडकको दिक्तेलको अस्पताल चोकबाट ट्र्याक खोल्न थालिएको थियो ।
सडक निर्माणकाक्रममा पुरानो र नयाँ निर्माण उपभोक्ता समितिमार्फत् करोड बढीको खर्च भएको बताइएको छ ।
निर्माणकार्य सकिएको लामो समयपछि सडक सन्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका छन् ।
सडकलाई स्थानीय गौरवको योजनामा समावेश गरेर ‘फास्टट्रयाक’मा सम्पन्न गरिएको रुपाकोट–मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।









प्रतिक्रिया दिनुहोस्