२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बर्दघाटमा बसको ठक्करबाट युवकको मृत्यु


0
Shares

प्रहरीका अनुसार राति पौने १ बजे ना७ख १८५४ नम्बरको यात्रुबाहक बसको ठक्करबाट नाम नखुलेका अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बससहित चालकलाई ईलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको छ ।

मृतकको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।