इन्जिनियर, सब–इन्जिनियर, सहायकसहित खटिएका २५ जना प्राविधिकले भूकम्प प्रभावितले बनाएका घरको निरीक्षण र जाचँपास गर्ने, बन्दै गरेका घरमा प्राविधिक सल्लाह दिने, घर निर्माणका लागि किस्ता सिफारिस गर्ने जस्ता काम गर्नेछन् ।
लमजुङमा १३ हजार ९५९ घर पूर्ण क्षतिको लाभग्राही र ५३९ सवलीकरणको लाभग्राही सूचीमा छन् ।
१२ हजार ३६१ घरपरिवारले घर बनाउन पहिलो किस्ता बराबरको ५० हजार रुपैयाँ बुझिसकेका छन् भने करीब १५ सय घर निर्माणाधीन छन् । जिल्लाका गैरसरकारी संस्थाले पनि विभिन्न गाउँमा ३८२ घर बनाउन सहयोग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्