२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


तरकारीवाली अभिनित चलचित्र ‘लम्फू’ बैशाखमा रिलिज हुने


0
Shares

छायांकनको लागि लामो समय लागेको यो चलचित्रबाट नव(नायक कबिर खड्काले डेब्यू गरेका छन् ।

कबिरले नेपालको एक मात्र फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट कलाकारितामा स्नातक तहको अध्ययन गरेका छन् ।

कबिर सहित यो चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, ‘तरकारीवाली’को नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

तरकारीवाली उर्फ कुशुमले पनि ‘लम्फू’ बाट नै चलचित्रमा डेब्यू गरेकी हुन् । कुशुम गत बर्ष संसारभर तरकारीवालीको नामले चर्चित बनेकी थिइन् । उनका दुई तस्वीर संसारभर करोडौँ पटक शेयर भएका थिए ।

गोपालचन्द्र लामिछाने निर्देशित ुलम्फूुले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ, जसमा प्रेमकथा समेत गौण छ ।

यो चलचित्र समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए ।

ुलम्फूुलाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् ।

निर्देशक लामिछानेले यसअघि पपुलर मल्टिमिडियाका चार चलचित्र निर्देशन गरेका थिए । ‘बोक्सी’, ‘द मिरर’,‘किन लाग्छ माया’ र ‘ओ माई म्यान’ उनले निर्देशन गरेका थिए, जसमा सफल फिल्म ‘किन लाग्छ माया’ फिचर फिल्म हो ।

यो चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा सम्पान हरि सिलवालको रहेको छ ।

चलचित्र निर्माता तथा कस्ट्युम डिजाइनर पुनम गौतमले यस चलचित्रमा कस्ट्युम डिजाइन गरेकी छन् । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रका गीतमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल लगायतको स्वर रहेको छ ।

‘लम्फू’को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार हाईलाईट्स नेपालले लिएको छ । नेपालमा भने काठमाडौं उपत्यकामा स्टेशन फाईभ र मोफसलमा एफडि कम्पनीले वितरण गर्नेछन् ।