
काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना ४ ख ७४१८ नम्बरको मुनाल यातायात नामक यात्रुबाहक बस प्रयागपुरमा अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा १४ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अस्थायी प्रहरी चौकी मिर्चैयाका प्रहरी सहायक निरीक्षक सतेन्द्र यादवले जानकारी दिए । बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्