२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वीरगन्जको ग्यास उद्योगमा भीषण आगलागी, दुई जनाको मृत्यु


0
Shares

ग्यास उद्योगमा आज बिहान ६ बजेतिर आगो सल्किएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन ।

आगो नियन्त्रणका लागि गएको वीरगन्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । त्यस क्रममा दमकलका कर्मचारी सविन नेपाल घाइते भएका छन् ।

आगलागी नियन्त्रण बाहिर गएको र निभाउने प्रयास भने जारी रहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।