२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


भारी गिरावट आएको अलैंचीको मूल्य क्रमशः बृद्धि


0
Shares

केही वर्षदेखि लगातार गिरावट आएको अलैंचीको मूल्य पछिल्ला दिनमा सुधार हुन थालेको छ ।

पाँचथरमा प्रतिमन २५ हजार रुपैयाँमा बिक्री हुँदै आएको अलैंची अहिले ३२ हजार रुपैयाँसम्ममा बिक्री हुन थालेपछि आफूहरु उत्साहित भएको किसानहरु बताउँछन् ।

भारत र भुटानमा उत्पादित अलैंची अन्तर्राष्ट्रिय बजारमा सकिँदै गएकाले नेपालमा उत्पादित अलैंचीको मुल्य वृद्धि भएको हुन सक्ने जिल्ला अलैँची ब्यवसायी महासंघ पाँचथरका अध्यक्ष श्याम अधिकारीले बताए ।