Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


उच्च जोखिममा परेको बेनी बजार जोगाउन पर्खाल निर्माण सुरु


0
Shares

म्याग्दी र कालीगण्डकी नदीको जोखिममा बेनी बजार परेपछि नदी किनारामा आरसिसी र मेसिनरी पर्खाल निर्माणको काम सुरु भएको हो ।

जल उत्पन्न प्रकोप नियन्त्रण सव डिभिजन कार्यालय बाग्लुङले चालु आर्थिक वर्ष २०७४/७५ मा दुईवटा प्याकेजमा काम गर्ने गरी ११ करोड ३२ लाखको लागतमा आरसिसी र मेसिनरी पर्खाल निर्माणको कार्य सुरू गरेको हो ।

ती संरचना दोहोरो काममा प्रयोग गर्न सक्ने गरी निर्माण गरिँदै छ ।

मंगलाघाटस्थित म्याग्दी नदीको बायाँ किनारा, म्याग्दी र कालिगण्डकीको दोभान तथा कालिपुलस्थित कालिगण्डकी नदीको दायाँ किनारामा मेसिनरी र आरसिसी पर्खाल निर्माणको काम सुरु गरिएको निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले जानकारी दिए ।

आगामी तीन वर्षभित्र बेनीबजार संरक्षणको आयोजना सम्पन्न गरी आवश्यक थप संरचना बनाएर चक्रपथको रुपमा प्रयोग गर्ने योजना बनाइएको छ ।