बझाङ सडक सञ्जालमा जोडिएसँगै नेपाल वायुसेवा निगमले एक दशकदेखि उडान भर्न बन्द गरेको थियो । जयपृथ्वी नगरपालिका–२ रिठापाटामा रहेको विमानस्थल अहिले खेल मैदानमा परिणत भएको छ ।
बझाङमा रहेको एक मात्र बझाङ विमानस्थल अहिले खेल मैदान बन्दै गएको हो । जयपृथ्वी नगरपालिका–२ रिठापाटामा २०१३ सालमा निर्माण भएको विमानस्थल दुई हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण भएको छ ।
विमानस्थलमा जहाजले उडान भर्न छाडेपछि हाल विमास्थलका लागि निर्माण गरिएको पक्की घर जिर्ण बनेको छ ।
विमानस्थलमा रहेको टावर घर भत्किएको छ भने अन्य करोडौंको संरचनामा समेत क्षति भएको स्थानीय बताउँछन् ।
बझाङमा खेल मैदानको अभाव रहेको छ । खेल मैदान नभए पछी यतिखेर बझाङ विमान स्थल नै खेल मैदान बनेको छ ।
विमानस्थलमा जहाज उडान रोकिएपछि जिल्लाबाट रिफर गरिएका गम्भीर विरामी अन्यत्र लैजान निकै कठिनाई भएको छ भने कतिपय विरामीहरुको बाटोमै नै मृत्यु हुने गरेको स्थानीयको गुनासो छ ।
बझाङबासीले विमानस्थल सुचारु गर्न पटक पटक आग्रह गर्दा पनि सरकारबाट कुनै सुनुवाई भएको छैन ।
विमानस्थल सुचारु नहँुदा बझाङको साईपाल, खप्तडलगायतका ठाउँ समेत उल्लेख्य रुपमा पर्यटक पुग्न नसकेको उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेली बताउँछन् ।
विमानस्थल सुरक्षाको लागी विमानस्थल सुरक्षा गार्ड तैनाथ गरिएको भएता पनि विमानस्थलको अवस्था भने निकै जिर्ण बन्दै गएको छ ।
जहाज उडान नहँुदा धनगढी नेपालजञ्ग पुग्न यहाँका बासिन्दालाई दुई दिन लाग्ने गरेको छ ।
जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको बहाना बनाउँदै त्यस बेला जहाज उडान रोकेपनि हाल भने समय फरक भईसकेको स्थानीय बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्