रेवान पोखराको आयोजनामा हुन लागेको महोत्सवको प्रचार–प्रसारका लागि निस्किएको रेवान टोलीले बुधबार बुटवलको मणिग्राममा पत्रकार सम्मेलन गरी महोत्सवकाबारेमा जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले सडक महोत्सवमा आउन बुटवल, भैरहवावासीलाई निम्तो दिँदै कला–संस्कृति र खानाले भरपुर मनोरन्जन दिने बताए ।
उनले यसअगाडिका संस्करणहरुमा पनि यस क्षेत्रबाट महोत्सव सफल पार्न सहयोग प्राप्त भएको जनाउँदै योपटक पनि सहयोगको अपेक्षा राखेको बताए ।
पत्रकार सम्मेलनमा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष लालप्रसाद शर्माले पर्यटकीयनगरी पोखरा र धार्मिक पर्यटकीय सहरबीच पर्यटकीय सम्बन्ध विस्तार गर्नसके नेपाल आर्थिक समुद्धितर्फ अघि बढ्ने उल्लेख गरे ।
पत्रकार सम्मेलनमा सिद्धार्थ होटल एसोसियसन अफ नेपालका उपाध्यक्ष किशोर जोशीले पोखरा सडक महोत्सव देशकै उत्कृष्ट महोत्सवमध्येको एक भएको बताउँदै महोत्वस हेर्न आउन प्रदेश नम्बर–५ का स्थानीयलाई अनुरोध गरे ।
पत्रकार सम्मेलनमा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु, प्रदेश नम्बर–४ उद्योग वाणिज्य संघका अध्यक्ष सन्जीवबहादुर कोइराला, पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्मा, परिषदका पूर्वअध्यक्ष सूर्यबहादुर भुजेललगायतले महोत्सवमा सबैलाई आउन आग्रह गरे ।
‘सडकमै खाउँ, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ विगत १९ वर्षदेखि महोत्सव सन्चालन हुँदै आएको छ ।
लेकसाइडको फिस्टेल गेटदेखि खहरे र डिहीको पाटनसम्मको तीन किलोमिटरको सडकमा हुन लागेको पाँचदिने महोत्सवमा ५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ ।
महोत्सवमा विभिन्न १०० भन्दा बढी स्टलहरु राखिने र महोत्सव अवधिभर पर्यटकले सडकमै खानपिन र मनोरन्जन गरी मज्जा लिन सक्नेछन् ।
महोत्सवमा लोकदोहोरी गीत, बालउद्यान, फुड फेस्टिभल, पञ्चेबाजा, नेवारी लाखेनाच, गुरुङनाच, थकालीनाच, भजन–चुड्का, मगर समुदायको कौडा, तामाङसेलो, कर्मचारी दौड, वेटर रेसलगायतका कार्यक्रमहरुसमेत गरिने रेवान पोखराले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्