Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु


0
Shares

नयाँरोडचोकभन्दा पश्चिमतर्फ मालबाहक ट्रक नापतौल गर्ने ठाउँअगाडि राजमार्गको खाल्डोमा परेर बीआर३०एन ७९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टँदा त्यसमा सवार भारत, सितामढीका ३२ वर्षीय प्रकाशसिंह राजपुतको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सिंहलाई तत्कालै उपचारका लागि नमुना अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

प्रहरीले मोटरसाइकलका चालक भारत सीतामढीकै २८ वर्षीय सोनु कुमारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरी नायव निरीक्षक महेन्द्रप्रसाद साहले जानकारी दिए ।

रौतहटको गौरबाट जनकपुरतर्फ जानेक्रममा उनीहरु सवार मोटरसाइकल दुर्घटनामा परेको जनाइएको छ ।