Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नवराज सिलवालविरुद्ध प्रहरीमा जाहेरी दर्ता, पक्राउ गरेर अदालतमा पेस गरिने


0
Shares

नेकपा एमालेका तर्फबाट निर्वाचित सांसद सिलवालविरुद्ध कीर्ते मुद्दामा अनुसन्धान सुुरु भएको र उनलाई पक्राउ गरेपछि अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

तत्कालीन सरकारले प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी प्रमुख नियुक्त गरेपछि सिलवाल आफूलाई अन्याय गरेको भन्दै सर्वोच्च अदालत गएका थिए ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गरेपछि सरकारले अर्का डीआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्ति दिएको थियो ।

तर, गत साता प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको पूर्ण इजलासले भने सुशीला कार्कीको इजलासको फैसला उल्ट्याउँदै सिलवालले प्रहरी महानिरीक्षकमा बढुवासम्बन्धी सुनुवाइकाक्रममा कार्यसम्पादन मूल्यांकनको कागजात कीर्ते बनाएको ठहर गर्दै सरकारी कागजात कीर्तेमा कारबाही गर्न आदेश दिएको थियो ।