Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


डा.केसीले राखे जानकी मेडिकल कलेजको सम्बन्धन खारेजीको माग


0
Shares

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले जानकी मेडिकल कलेजले अवैधानिक रुपमा विद्यार्थी भर्ना लिएको भन्दै सम्बन्धन खारेजीको माग राखेका छन् ।

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले प्रवेश परिक्षा नै नदिएका विद्यार्थीलाई एमबीबीएसमा भर्ना लिएकोले कलेजको सम्बन्धन खारेजीको माग गरेका हुन् ।

न्यायालयलाई समेत प्रभावित गरेर आवश्यक पूर्वाधार, जनशक्ति र बिरामीको चाप विनै विद्यार्थी भर्ना गरेर डिग्री बेचेको आरोप लगाउँदै डा केसीले आगामी वर्षदेखि शुन्य सिटमा झार्न र सम्बन्धन खारेज गर्न माग गरेका हुन् ।

भर्ना प्रकृयामा अदालतको समेत चलखेल भएको भन्दै  डा. केसीले ध्यानआकृषण गराएका छन् ।

जानकी मेडिकल कलेजले अवैध रुपमा एमबीबीएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका विद्यार्थीलाई भर्ना गरेकोमा तथा त्यसलाई रोक्न उच्च अदालतले पाटनले अन्तरिम आदेश समेत दिइसकेको लाई सर्वोच्च अदालतवाट न्याय प्रक्रियाकै मानमर्दन हुने गरी सो भर्नालाई वैद्य बनाउन भईरहेको चलखेलप्रति  गम्भीर ध्यानकृर्षण भएको विज्ञेप्तीमा लेखिएको छ ।