उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना, कालिगण्डकी करिडोरअन्तर्गतको बहुचर्चित जोमसोम–कोरला सडकको काम चिसोले प्रभावित भएको हो ।
जोमसोमदेखि कोरलासम्म १ सय १० किलोमिटर सडक खण्डलाई सात खण्डमा विभाजन गरिएको छ । अहिले दुई वटा खण्डमा मात्र काम भइरहेको छ ।
जोमसोमदेखि झैतेसम्मको ५२ किलोमिटर सडकको ४ खण्ड र झैतेदेखि कोरलासम्मको ५८ किलोमिटर सडक ३ खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।
अत्यधिक चिसो र हिमपातका कारण झैते–कोरला ५८ किलोमिटर सडकमा १ खण्ड र जोमसोम–झैते सडकको १ खण्डबाहेक बाँकी ५ खण्डको काम स्थगित गरिएको हो ।
अहिले दुई वटा खण्डमा मात्र काम भइरहेको आयोजनाका इन्जिनियर जगत प्रजापतिले जानकारी दिए ।
यता बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक खण्डको निर्माण कार्य भने तिव्र गतिमा भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्