Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


विजयी उम्मेदवारहरु गाउँगाउँ पुगेर जनाए बाचा पूरा गर्ने प्रतिबद्धता


0
Shares

तर यस पटक भने निर्वाचनमा विजयी भएकाहरु अहिले जनताको घरदैलोमा पुगेर मतदातालाई धन्यवाद दिन थालेका छन् ।

बझाङबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा विजयी भएकाहरु अहिले गाउँगाउँमा पुगेर मतदातालाई धन्यवाद दिँदै आश्वासनसमेत दिंदै छन् ।

प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न पछि विजयी उम्मेदवारहरु मतदाताहरुलाई बधाई दिन गाँउघर पुगेका हुन् ।

विगतका बर्षहरुमा विजयी उम्मेद्वाहरु गाँउ नफर्किने परिपाटीको अन्त्य गर्दै र आफुलाई विजयी गराउने जनता नै सबैभन्दा महान भएको भन्दै उनीहरुलाई धन्यबाद ज्ञापन गर्न आफुहरु जनताकै घरदैलोमा पुगेको विजयी बझाङ प्रदेश सभा (ख) बाट निर्वाचित जनप्रतिनिधी देबकी मल्लको भनाई छ ।

चुनाब प्रचार प्रसारको समयमा ठुल ठुला आश्वसन दिने तर पछि भुल्ने प्रवृत्तिका कारण जनतामा खिन्नता बोध उत्पन भएको थियो ।

तर भाट माग्दा आफुहरुले दिएका बाचाहरु पुरा गर्ने प्रतिबद्धातासहित फेरी आफुहरु जनताको घर दैलोमा पुगेको बझाङ प्रतिनिधी सभा सदस्य भैरव बहादुर सिहंको भनाइ छ ।

गाँउ घरमा विजयी उम्मेद्वार पुग्दा जनता पनि निक्कै खुसी भएका छन् । अब केही परिवर्तन हुन्छ की भन्ने आसा समेत उनीहरुमा पलाएको छ ।

जनताको घर दैलोमा पुगेर बाचा पुरा गर्ने प्रतिबद्धा जनाई रहँदा जनप्रतिनिधीले साँच्चीकै जनाताको बाचा पुरा गर्लान वा विगतका बर्षहरु जस्तै मतदाताहरु भुल्ने प्रवृतीकै हावी हुने हो त्यो भने हेर्न बाँकी छ ।