
त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।
मलेसियामा लागुऔषध मुद्दामा मृत्युदन्ड हुने कानुनी प्रावधान छ ।
नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानुन व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो ।
उनी बुधबार (हिजो) नेपाल फर्किएको उक्त दूतावासले जनाएको छ । नेपाल सरकारको खर्चमा उनी स्वदेश फर्किएका हुन् ।
बुधबारै सिरहाका किसुनदेव महतो पनि नेपाल सरकारकै खर्चमा स्वदेश फर्किएका छन् ।
विगत दुई वर्षदेखि उनी मलेसियाको घरफिर्ती केन्द्रमा बिनारोजगारी बस्न बाध्य भएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्