Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


कपिलवस्तुमा बस पल्टँदा १० जना घाइते, ७ को अवस्था गम्भीर


0
Shares

बुटवलबाट पश्चिम कृष्णनगर जाँदै गरेको लु १ ख ९२८७ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रित भई बाटो छेउमा पल्टिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोरुसिंघेले जनाएको छ ।

घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरी अस्पताल पुर्‍याएका छन् । साधारण घाइते तीनजनाको स्थानीय बुद्धपोली क्लिनिक र थप सात गम्भीर घाइतेको सामुदायिक अस्पताल जीतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस