२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


प्रदेश–५ को राजधानी बुटवलबाहेक अन्यत्र नतोक्न चेतावनी


0
Shares

महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योग नीतिमा सुधारको खाँचो औंल्याए । आन्तरिक उत्पादन वृद्धि गर्नुपर्नेमा उनको जोड थियो ।

यस्तै, नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले ५ नम्बर प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र तोके विगतमा बुटवलमा उत्रिएको जनसागरलाई स्मरण गर्न चेतावनी दिए ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, सूचना–प्रविधि, रेस्टुरेन्ट, अटो, कृषि, हस्तकलालगायतका ५०० स्टल छन् ।

योपटकको प्रदर्शनी ६ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबारको आर्थिक कारोबार हुने लक्ष्य राखिएको प्रदर्शनीका सहसंयोजक तथा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारीले जानकारी गराए ।