पोखरामा हुन लागेको १९औं पोखरा सडक महोत्सवको प्रचार–प्रसारका लागि चितवन पुगेको टोलीले बिहीबार सौराहामा गरेको पत्रकार सम्मेलनमा चितवन, पोखरा र लुम्बिनीको पर्यटनलाई जोड्नेगरी यो अभियानलाई अगाडि बढाइएको जनाएको छ ।
चितवनका पर्यटकलाई पोखरासम्म र पोखराका पर्यटकहरुलाई चितवनसम्म ल्याउन आवश्यक रहेको रेस्टुरेस्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले जनाएको छ ।
लो पर्यटन सिजनकोरुपमा लिइएको अहिलेको समयमा पर्यटक भित्र्याउन चितवन, पोखरा र लुम्बिनीका व्यवसायीहरु लाग्नुपर्नेमा उनीहरुको जोड थियो ।
रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले विगतका वर्षहरुमा आयोजित महोत्सवमा चितवनवासीको सहभागिता पनि उल्लेखीय रहने गरेको स्मरण गर्दै योपटक पनि उल्लेखीय मात्रामा सहभागी हुने विश्वास व्यक्त गरे ।
उनले भने–‘सडक महोत्सव सफल बनाउन आन्तरिक पर्यटकहरुको सहभागिता महत्वपूर्ण छ ।’ उनले लो सिजनमा पर्यटक तान्न महोत्सवले महत्वपूर्ण भूमिका खेलेको पनि बताए ।
पोखरामा यही पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव हुँदैछ ।









प्रतिक्रिया दिनुहोस्