४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


क्याम्पस प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन


0
Shares

कञ्चनपुर, पुस ४ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कर्मचारी भर्नाका विषयमा असन्तुष्टि जनाएका विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

क्याम्पस प्रमुख भुपेन्द्र विष्टसहित प्राध्यापक संगठनका कर्मचारीले आपसी भागबण्डाका आधारमा कर्मचारी भर्ना गरेको भन्दै चार विद्यार्थी संगठन आन्दोलित भएका हुन् । उनीहरुले भागबण्डाका आधारमा गरिएको कर्मचारी नियुक्ति खारेजीको माग गरेका छन् ।

गत आइतबारबाट आन्दोलनमा उत्रिएका चार विद्यार्थी संगठन र इन्टिग्रेटी फोरमले आज र्‍याली निकाल्दै क्याम्पस प्रमुखको राजीनामा माग गरेका हुन् । विद्यार्थीहरुको आन्दोलनका कारण सुदूरपश्चिम विश्वविद्यालयको पढाईसमेत प्रभावित भएको छ ।