
तलब कटाइएको भन्दै म्यादी प्रहरीहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गरिरहेका बेला झडप भएको हो ।
त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर जिल्लाकै सानी–त्रिवेणी गाउँपालिका तिकुवाका विवेक ऐडीको मृत्यु भएको हो । झडपमा अरु केही घाइते भएका छन् । घटनापछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।
म्यादी प्रहरीको प्रदर्शनले उग्ररुप लिएपछि पहिले लाठीचार्ज र अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाइएको छ । तर, स्थिति नियन्त्रणमा नआउँदा गोली चलाउनुपरेको प्रहरीले बताएको छ ।
गोली लागेका ऐडीलाई जिल्ला अस्पताल पुर्याइएकोमा अस्पतालमै उनको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्