२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रहरीको गोलीले म्यादी प्रहरीको मृत्युपछि कालिकोट तनावग्रस्त


0
Shares

तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी सानी–त्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीलाई लागी गम्भीर घाइते भएकामा जिल्ला अस्पतालमा उपचारकाक्रममा उनको मृत्यु भएको हो ।

प्रहरीले म्यादी प्रहरीको तलब यसअघि रु २४ हजार भुक्तानी भइसकिएको र अब रु ३४ हजार २५० दिइने भने पनि चित्त नबुझेकाले विरोध जनाएर ज्ञापनपत्र बुझाउन आउँदा म्यादी प्रहरीमाथि लठ्ठी प्रहार भएको थियो ।

अहिले कालिकोटको अवस्था तनावग्रस्त छ ।

जिल्लामा शैक्षिक मेला भइरहेको अवस्थामा प्रहरीले अश्रुग्यास र गोली प्रहार गर्दा करिब १० बालबालिका हराइरहेको बताइएको छ ।

प्रहरीले माथिको आदेशभन्दा पनि मनोमानी तरिकाले गोली चलाएको आरोप म्यादी प्रहरीले लगाएका छन् ।

प्रहरीले भने आफूले अश्रुग्यासमात्र हानेको तर गोली नचलाएको जिकिर गरेको छ । रासस