२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नाचगानसहित घर फर्किए बझाङका म्यादी प्रहरी


0
Shares

बझाङ जिल्लामा कार्यरत १ हजार ४० जना म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यलय बझाङले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो ।

५५ दिनसम्म निर्वाचनमा सुरक्षार्थ खटिएका म्यादी प्रहरीलाई नैतिक शिक्षा दिँदै घर पठाउनका लागि औपचारिक कार्यक्रम गरिएको प्रहरी नायव उपरीक्षक ऋषिराम कडेलले बताए । निर्वाचन अवधिभर प्रहरी कमान्डमा रहेका उनीहरुलाई स्थानीय तहमा बर्दीबिनाका नैतिकवान प्रहरी बनुन भन्ने उद्धेश्यसाथ नाचगानसहित बिदाइ गरिएको उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचन र प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा म्यादी प्रहरीले महत्वपुर्ण भुमिका निर्वाह गरेको कार्यक्रममा सहभागीहरुको भनाइ छ ।