
फाइल तस्बिर
मंसिर १० र २१ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सुरक्षार्थ १३६ मतदानस्थलको १७९ मतदान केन्द्रमा खटिएका ९८२ म्यादी प्रहरीलाई शुक्रबार प्रशंसा–पत्रसहित बिदाइ गरिएको हो ।
कात्तिक ७ गतेदेखि दुई महिनाका लागि नियुक्ती पाएका म्यादी प्रहरीलाई सेवा सुबिधाका साथमा प्रशंसा–पत्रसहित बिदाइ गरिएको खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।
अनुशासन, अनुभव र जिम्मेवारीबोधसहित म्यादी प्रहरी घर फर्किएका छन् । कतिपय म्यादी प्रहरीले तलव सुबिधास्वरुप प्राप्त रकमलाई अध्ययन, घरायसी खर्चमा उपयोग गर्ने बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्