Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


संवैधानिक इजलासमा निर्वाचनका ३ मुद्दा : पुस १९ मा पुनःसुनुवाई


0
Shares

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जवरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले पुनःमतगणना गर्न माग गर्दै गरेको मुद्दामा अन्तरकालीन आदेशको छलफलका लागि यही पुस १९ गते झिकाउने र निर्वाचनमा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउनसमेत आदेश भएको छ ।

त्यसैगरी, शुक्रबारनै संवैधानिक इजलासले तनहुँ प्रदेशसभा ‘क’ उम्मेदवार प्रदीप पौडेलले मतगणनाका क्रममा तनहुँमा धाँधली भएको भन्दै परेको मुद्दामा अन्तरकालीन आदेश दिने वा नदिने विषयमा छलफलका लागि यही पुस १९ गते झिकाउने आदेश जारी गरेको छ ।

त्यसैगरी, धनुषा क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभाका उम्मेदवार रामसिंह यादवले धाँधलीपूर्ण तरिकाले निर्वाचन भएकाले सो निर्वाचन बदर गर्न माग गरेको मुद्दामा छलफल र अन्तरिम आदेश दिने वा नदिने विषयमा पुस १९ नै संवैधानिक इजलासले झिकाउने आदेश जारी गरेको छ । रासस