सरकारलाई दबाब दिने उद्देश्यले संर्घस समितिले पहाडी सात जिल्लाका तर्फबाट प्रदेश नम्बर–७ को राजधानी पहाडी क्षेत्रमा बनाउनु पर्ने माग गर्दै शनिबार पनि डडेल्धुरा बजार बन्द गरिएको हो ।
संघीय संरचनाको अनुभूति, सामाजिक न्यायका लागि भन्दै पहाडी क्षेत्रको उपयुक्त स्थानमा राजधानी कायम गर्ने संर्घस समितिले पहाडी सात जिल्लाको तर्फबाट संघर्षका कार्यक्रम अघि सारेका छन् ।
पहाडी जिल्लाका जनताको आर्थिक समुन्नती र समानुपातिक बिकासका लागि पनि पहाडमा राजधानी हुनुपर्ने तर्क उनीहरुको रहेको छ ।










प्रतिक्रिया दिनुहोस्