साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३७ अंकले घटेर अन्तिम दिन १४ सय ७२ अंकमा आइपुग्यो । गत साता पनि दोहोरो अंकले नै नेप्से झरेको थियो ।
यो साता व्यापार समूहबाहेक अरु कारोबार भएका सबै समूहमा उच्च अंकको गिरावट आयो । बिमा समूह सबैभन्दा उच्च २०६ अंकले झ¥यो ।
यस्तै, टेलिकम सूचीकृत अन्य समूह ६१ अंकले, जलविद्युत् र लघुवित्त समूह ५०/५० अंकले, विकास बैंक समूह ४५ अंकले झर्यो भने वाणिज्य बैंक समूहमा पनि २३ अंकको गिरावट आयो । कारोबार परिमाणमा पनि गिरावट आयो ।
यो साता १७७ कम्पनीहरुका दुई अर्ब ५७ करोड ९१ लाख रुपैयाँ बराबरका ५७ लाख ११ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए । गत साता १७९ कम्पनीहरुका दुई अर्ब ९२ करोड ८३ लाख रुपैयाँ बराबरका ५७ लाख ९५ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा करिब १२ प्रतिशतले कम हो ।
यो साता कारोबार रकमको आधारमा नेपाल दूरसन्चार कम्पनी, कारोबार भएको सेयर संख्याको आधारमा नेपाल ग्रामीण विकास बैंक संस्थापक र कारोबार संख्याको आधारमा नेपाल ग्रामीण विकास बैंक अग्रस्थानमा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्