Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती


0
Shares

तर परीक्षामा प्रश्नपत्र निर्माणका लागि एकै ठाउँमा जम्मा भएका राजधानीका ४९ वटा सामुदायिक विद्यालयका शिक्षकले भने, ‘दशैंमा के-के गरिन्छ’ लाई अंग्रेजीमा ‘वाट इज कन्फ्लिक्ट’ भनेर अनुबाद गरेका छन् ।

सुन्दा पत्याउन नसकिने यो रोचक घटना काठमाडौंमा संचालित पूर्वी क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा देखिएको हो ।

कक्षा ६ को सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा विषयको पूरै प्रश्नपत्रमा नेपालीमा सोधिएका प्रश्न र त्यसको अंग्रेजी अनुवाद आकाश–जमिनको फरक देखिएको छ ।

तर यस विषयमा न जिल्ला शिक्षा काठमाडौंलाई जानकारी छ न त माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार पाएको स्थानीय तहलाई नै !

नेपाली विषयको पहिलो प्रश्नको ‘क’ नम्बरमा नेपालीमा सोधिएको छ, ‘गाविस भनेको के हो ?’ तर यसलाई अंग्रेजीमा भनिएको छ, ‘हाउ मेनी लेभल अफ गभर्नमेन्ट आर देअर इन फेडरल गभर्मेन्ट सिस्टम ?’

त्यस्तै अर्को प्रश्न नेपालीमा सोधिएको छ, ‘मानव बेचविखन भनेको के हो ?’ यसलाई अंग्रेजीमा सोधिएको छ, ‘ह्वाट इज द फुल फर्म अफ एटिएम ?’

६० पूर्णांक रहेको यस विषयको अधिकांश प्रश्नको नेपाली र अंग्रेजी उच्चारणमा केही पनि मिल्दैन ।

यति हुँदाहुँदै पनि परीक्षा समितिले नयाँ प्रश्नपत्र नछापी गत बिहीबार यही प्रश्नबाट परीक्षा सम्पन्न गरेको छ ।

पूर्वक्षेत्र परीक्षा समितिका अध्यक्ष रहेका नवीनग्राम माध्यमिक विद्यालय नांग्लेभारेका प्रधानाध्यापक गुरुप्रसाद दंगालले भने, छापाखानामा छाप्ने बेला प्रश्नपत्र बिग्रेछ । परीक्षाको दिन मात्रै थाहा पायौं ।’ –अन्नपूर्णपोष्ट दैनिकबाट