काठमाडौं, पुस ३ । नेपाल चेम्बर अफ कमर्स र थाइ उद्योग महासंघबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि गर्ने सम्झौता भएको छ ।
थाइल्यान्डका लागि नेपालका राजदूत खगनाथ अधिकारीको उपस्थितिमा बैंककमा भएको सम्झौतामा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ र थाइ उद्योग महासंघका अध्यक्ष सुपान्त मोङकोलोस्थ्रीले हस्ताक्षर गरे ।
सोक्रममा अध्यक्ष श्रेष्ठले नेपालले आयातमा आधारित अर्थतन्त्रलाई परिवर्तन गर्न चाहेको बताउँदै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको बताए ।
श्रेष्ठले नेपाल भारत र चीनजस्तो ठूलो जनसंख्या भएको देशको बीचमा रहेको बताउँदै त्यसबाट लगानीकर्ताले राम्रो प्रतिफल पाउने बताए ।
चेम्बरले राजनीतिक संक्रमणकाल सकिएकाले नेपाल लगानीका लागि उपयुक्त समय भएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्