Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


धरान-हेटौंडा ३ सय १८ किलोमिटर सडक निर्माणमा तिब्रता


0
Shares

धरानदेखि चतरा, गाईघाट, कटारी सिन्धुलीमाडी हुँदै हेटौंडासम्मको ३ सय १८ किलोमिटर सडकको कामले तिव्रता पाएको हो ।

यो सडकको ट्रयाक खोलेर पक्की बनाउने काम भइरहेको छ । तीन वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने उद्देश्यले शुरु गरिएको आयोजनाअन्तर्गत ३३ वटा पुलसमेत निर्माण भइसकेका छन् ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रुपमा सरकारले सात वर्षअघि यो सडक निर्माणको काम थालेको हो ।

सडक निर्माण सम्पन्न भएसँगै मध्यतराईका जिल्लाको आर्थिक तथा सामाजिक विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।