काठमाडौं, पुस ३ । नेपाली कांग्रेसमा विधानसम्बन्धी विवादको टुंगो लागेको छ ।
शीर्ष नेताहरुबीच मंगलबार साँझ पार्टीमा ९ जना पदाधिकारी राख्ने सहमति भएको हो ।
जसअनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई/दुईजना रहनेछन् भने उनीहरु सबै निर्वाचित हुनुपर्नेछ ।
कोषाध्यक्ष र प्रवक्ताको चयन भने सभापतिको मनोनयनबाट हुनेछ ।
सहमतिअनुसार अब उपसभापति, महामन्त्री र सहमहामन्त्री महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित हुनेछन् ।
यही सहमतिसहितको विधान बुधबार बस्ने महासमिति बैठकमा पेस गरी पारित गरिने जनाइएको छ ।
गत शनिबारदेखि राजधानीमा जारी कांग्रेसको महासमिति बैठक विधानमा सहमति नजुट्दा लम्बिइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्