१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एनआरएनए-स्वीडेनले सुरु गर्‍यो ‘चाइल्ड टु चाइल्ड’ अभियान, रोल्पाका विद्यार्थीलाई राहत


0
Shares

रोल्पाको सिद्धार्थ माध्यमिक विद्यालय सुकिदह–३ घोप्टेओढारका गरिब, अपांग, जेहेन्दार, टुहुरा तथा द्वन्द्वपीडित विद्यार्थीलाई स्वीडेनबाट नियमित आर्थिक सहयोग जुट्न थालेपछि विद्यार्थीले राहत महशुस गरेका छन् ।

एनआरएनए, स्वीडेनका अध्यक्ष अर्जुन श्रेष्ठका अनुसार यो कार्यक्रम एनआरएनए स्वीडेनको सक्रियतामा रोल्पाका द्वन्द्वपीडित, टुहुरा, असाहय बालबालिका र स्वीडेनमा अध्ययन गरिरहेका विद्यार्थीहरुको भावनात्मक एकता गराउने उदेश्यले सुरु भएको हो ।

उनले भने, ‘कार्यक्रम स्वीडेनमा पढ्ने नेपाली बालबालिका र रोल्पाका बालकालिकालाई सहयोग गर्ने अभियानका रुपमा अघि बढाइएको हो,’ उनले भने, ‘कार्यक्रममार्फत कसले कसलाई सहयोग गर्दैछ भन्ने दुवैतिरका विद्यार्थीहरुलाई थाहा हुन्छ र दिर्घकालिन रुपमा कार्यक्रम अघि बढाउने अभिप्राय हो ।’

सोही अभियान अन्तर्गत हाल २० जना विद्यार्थीका निम्ती सहयोग गर्दै आइरहेकोमा त्यसलाई बढाएर ३३ जना विद्यार्थी थपेर ५३ पुगेको छ ।

भर्खरै मात्र सम्झौता भइ १ लाख ८७ हजार १४५ रुपैंयाँ हालैमात्र विद्यालयलाई रकम पठाइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यो कार्यक्रमले स्वीडेन र नेपालमा रहेका बालबालिकाबीच बालमैन्त्री सम्बन्ध स्थापित गराउने उदेश्य राखेको छ ।

सोही सोही अभियान अन्तर्गत हालै सुकिदह गाउँपालिकाका शिक्षा प्रमुख शेरबहादुर डाँगीको प्रमुख आतिथ्यमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको थियो ।

तीनै विद्यार्थीहरुलार्इ बिद्यालय पोशाक र किताब बोक्ने झोला पनि चाडै उपलब्ध गराउने नमुना बिद्यालय अभियानका संयोजक प्रेम बहादुर वलीले बताए ।

एनआरएनए–स्वीडेन अध्यक्ष अर्जुन श्रेष्ठको बिशेष पहलमा २ बर्षका लागि बिद्यालयका गरिब, अपांग, जेहेन्दार, टुहुरा तथा द्वन्द्वपीडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउने सम्झौता भएको थियो ।

यसअघि एनआरएन स्विडेनको सहयोगमा बनेको २ कोठे भवनको उद्घाटन गरेसंगै एनआरएन स्वीडेनको अगुवाइमा बालबालिकाहरुका लागि पुनः थप सहयोग कार्यक्रममा हातेमालो गरेको हो ।