
काठमाडौंमा आइतबार भएको कार्यक्रममा प्रवक्ता न्यौपानेले आफूहरुले सरकारले तोके बमोजिमकै तलब र अन्य सेवासुविधा निकासा गरेको बताए ।
एउटै जिल्लामा पनि ठाउँअनुसार सेवा सुविधामा केही फरक रहेकोले म्यादी प्रहरीले त्यसलाई गलत ढंगले बुझेको उनको जिकिर थियो ।
प्रवक्ता न्यौपानेले सरकारले म्यादी प्रहरीलाई तोकेको सबै सुविधा बैंकमार्फत भुक्तानी गरिसकेको समेत जानकारी दिए ।
म्यादी प्रहरीले पाउने तलब र सेवा सुविधालाई लिएर भएको झडपमा कालीकोटमा प्रहरीको गोली लागेर एक जना म्यादी प्रहरीको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्